संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै
काठमाडौं । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बुधबार पनि बयान लिने भएको छ ।
कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान मंगलबार नसकिएकाले बुधबार पनि लिन लागिएको हो ।
समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ । समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ ।
सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने तयारी छ । बयानका लागि बैठक भदौ २ गतेसम्म निरन्तर बस्ने तयारी छ ।
प्रतिक्रिया