रुसद्वारा युक्रेनमा ३८ वटा शाहेद ड्रोन आक्रमण

एजेन्सी । रुसले मङ्गलबार राति युक्रेनमा ३८ वटा शाहेद प्रकारका ड्रोन आक्रमण गरेको छ । तीमध्ये ३० वटालाई वायु सुरक्षाले रोकेको युक्रेनी वायुसेनाले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दक्षिणी, उत्तरी र मध्य युक्रेनको आठ क्षेत्रमा ती ड्रोनलाई ध्वस्त पारिएको सेनाले दाबी गरेको हो । रूसी सेनाले भोरोनेज क्षेत्रबाट युक्रेनमा दुईवटा इस्कन्डर–एम÷केएन–२३ ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको वायुसेनाले जनाएको छ ।

रुसको सो आक्रमणबाट ग्यास पाइपलाइन र अस्पताललगायतका पूर्वाधारमा क्षति पुगेको छ । युक्रेनको उत्तरपूर्वी शहर सुमीमा भएको आक्रमणमा एक जना घाइते भएका छन् ।

प्रतिक्रिया