आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं ।  सङ्घीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधवार बस्दै छ ।

बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

बैठक बिहान सवा ११ बजे समितिको हल संघीय संसद सचिवालयमा बस्नेछ । 

प्रतिक्रिया