सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको बताइएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिन लागेका हुन् । 

गत २० गते कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाह नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी  पनि सहभागी छ ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ । यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११/११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, १ जना राप्रपा र १ जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया