जनताले अनुभव गर्नेगरी काम गर्न सचिवहरूलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्ने र अनुभव गर्नेगरी आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । 
    
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा उनले मन्त्रालयका सचिवहरूलाई प्रदेशको आम्दानी बढ्ने र नागरिकले देखिनेगरी काम गर्न निर्देशन दिएका हुन् । 


 प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दैछ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेसागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकासँग मुख्यमन्त्रीले अन्तरक्रिया गरेका हुन् । । त्यस्तै, ३२ गते बेलुका ७ बजेदेखि ८ बजेसम्म नागरिकसँग फेसबुक पेजमार्फत लाइभ संवाद गर्ने मुख्यमन्त्रीको तयारी छ । 

रासस 


 

प्रतिक्रिया