बंगलादेशमा शेख हसिनाविरुद्ध मुद्दा दर्ता

एजेन्सी । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको बंगलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् ।

बंगलादेशमा हिंसा र सरकार ढलेपछि हसिनाविरुद्ध दायर भएको यो पहिलो मुद्दा हो । जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले हसिनाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

हसिनाविरुद्ध दर्ता भएको मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जमां खान कमाल र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनको नाम पनि मुछिएको छ । यी बाहेक केही उच्च प्रहरी अधिकारी र अन्य अधिकारीलाई पनि अभियुक्त बनाइएको बताइएको छ ।

प्रतिक्रिया