पूर्वराष्ट्रपति भण्डारीद्वारा सूर्यविनायक नगरपालिका र डोलेश्वरको अवलोकन
भक्तपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय निकायलाई प्रशस्त अधिकार दिएकाले ती अधिकारको समुचित प्रयोग गर्दै विकासमा लाग्न आग्रह गरेकी छन् ।
आज सूर्यविनायक नगरपालिका कार्यालय पुगेर यहाँका विकासको गतिविधिबारे जानकारी लिदै उनले भौतिक विकाससँगै मानसिक विकासमा पनि लाग्न सुझाव दिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले नगरपालिकामा उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समिति जनताको न्यायको क्षेत्र भएको बताइन् । उनले सबै जनता अड्डा अदालत धाउन सक्दैनन् भन्ने ध्येयले स्थानीय समस्या स्थानीयस्तरमै समाधान गर्न संविधानमा यस्तो व्यवस्था राखिएको उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले आजै भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको पूजा एवं दर्शन गरेकी थिइन् ।
प्रतिक्रिया