भुटानको पारोसँग नेपालको चर्च ब्वाइज‌को हार

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा  २-१ गोलले पराजित भएसँगै चर्च ब्वाइज लिगको समूह चरणमा पुग्न असफल भएको छ। 

खेलको ३८ औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरेका थिए  । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाका थिए । 

तर, चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४० औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भएका थिए । 

जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।


 

प्रतिक्रिया