भारत हुँदै नेपाल प्रवेश गर्न खोज्दै २ बंगलादेशीलाई फिर्ता पठाइयो

विराटनगर । बंगलादेशमा चुलिएको राजनीतिक संकट र हिंसाका कारण देश छाडेका बंगलादेशीहरू नेपाल प्रवेश गर्न खोजेका छन् ।भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । यसैबिच बंगलादेशमा हिंसा बढेसँगै कोशी प्रदेशका सीमा नाकाहरूवाट नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिकलाई प्रहरीले सीमाबाटै फिर्ता पठाएको छ  ।  
नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको हो । फिर्ता पठाइएको मा एक पुरुष र एक जना वृद्धा महिला छन् ।  

उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोज्दै गर्दा प्रहरी चेकजाँचमा पक्राउ परेका थिए । उनिहरुको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेको थियो । त्यसपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाइएको हो ।

यसअघि पनि जोगवनीबाट नेपाल प्रवेश गर्न खोजेका २ जनालाई प्रहरीले फिर्ता पठाएको थियो । 

प्रतिक्रिया