सरकारले एडीवीको झन्डै १६ अर्ब ऋण र अनुदान स्विकार्ने

काठमाडौँ । सरकारले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेल लाई नियुक्त गरेको छ । साउन २८ गते बसेको  मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।  
बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर ९१ अर्ब  ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । 
त्यसै गरी खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले भुटानमा साउन २९ देखि ३२ सम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेन्ट बडिज अफ साउथ एसियाको १२ सम्मेलनमा भाग लिन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ । 

भू उपयोग ऐन २०७६ को दफा १४ को उपदफा १ को ञ बमोजिम संघीय भूपू योगको सदस्यमा डा रेवतीरमण पौडेल , डा. यमुना घले,रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी सरकारका नाममा दर्ता रहेको सिराहाको नवराजपुर वडानम्बर ४ को १९ कट्ठा जग्गा  इलाका प्रहरी कार्यालयलाई प्रयोग गर्न स्वीकृत गर्ने, नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका तथा पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनसम्बन्धी कार्यायोजना सरकारले स्वीकृत गरेको छ । 

त्यसै गरी निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा पनि सरकारले स्वीकृत गरेको छ।

प्रतिक्रिया