उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा गगन थापाको जोड

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको विशेष समयमा सांसद थापाले ती समुदायका अधिकारलाई संस्थागत गर्दै सङ्घीयतालाई अझ सुदृढ र समृद्ध बनाउनुपर्ने बताए ।  सङ्घीयता, गणतन्त्र, समानुपातिक निर्वाचन प्रणालीलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिँदै सांसद थापाले पछाडि फर्किने छुट कसैलाई नभएको बताए । 

भूटानी शरणार्थी र सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्ने माग गर्दै सांसद थापाले असल काम गरेमा सरकारको प्रशंसा र  गलत गरेमा आलोचना हुने बताए । उनले सहकारी, मल र दूधको समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारसँग माग गरे । 

वर्तमान सरकार गठन भएका बेला गरिएका सहमतिका आधारमा जनचाहनाअनुसार काम हुनुपर्ने थपाले बताए  । उनले अनियमिततासम्बन्धी सबै फाइल खोलेर दोषीमाथि छानबिन हुनुपर्ने समेत माग गरे । 

प्रतिक्रिया