दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ
काठमाडौं । विगत एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ । राज्यका निकायमा दलित समुदायलाई बेवास्ता गरिएको भन्दै धर्नामा रहेका खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।साढे २ किलोको नेल शरीरमा बाँधेर प्रदर्शनरत उनले बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।उनी गत बुधबारदेखि माइतीघरमा धर्नामा बस्दै आएका छन्।
प्रतिक्रिया