सचिववाट अपमानजनक व्यवहार भएको संसद कुसारीको गुनासो

काठमाडौ । प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूहरूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कुसारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले कार्यक्रममा बोलाएर अपमान गरेको गुनासो गरेकी हुन् । 
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौँको एक होटलमा भएको कार्यक्रममा बोलाएर सांसदमाथि सचिवले  नियतबस अपमानजनक  व्यवहार गरेको भन्दै आइन्दा त्यस्तो नहोस् भनेर ध्यानाकर्षण गराइन् । 

 
‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका युवालाई याक एन्ड यतिको कार्यक्रममा बोलाइयो । हामी गयौँ । त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्यूको नियतवश अपमानजनक व्यवहारले हामी दुखित भएका छौ’, उनले भनिन् ‘यस्तो व्यवहार अबदेखि कुनै पनि मन्त्रालयबाट नहोस् । ’

प्रतिक्रिया