विद्युत् लाइन जोड्न आदेश दिए जस्तै प्रधानमन्त्रीले महसुल उठाउन पनि निर्देशन दिनुपर्‍यो: हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले प्रधानमन्त्री ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्। 
ढकालले २२ अर्बको बक्यौता १६ हुँदै ६ अर्बमा झर्दा पनि उठाउने कसैलाई चासो नभएको बताए।
मिटर जडान गरिएको ठाउँको महसुल उठाउन यस्तो हालत छ भन्दै उनले  मिटर नभएका भन्सार, मालपोतको हालत कस्तो होला भनेर प्रश्न गरे । 
उनले भ्रष्टाचारसम्बन्धी संसद्मा उठाउन लाग्दा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको बताए । उनले २२ अर्बको बक्यौता ६ अर्बमा पुग्दा असुल गर्न चासो नभएको र संसद्मा आकस्मिक विषय बन्न नसकेको भन्दै आकस्मिक विषय बन्ने दाबी गरे ।

प्रतिपक्षले सदनमा उठाएको भ्रष्टाचारको मुद्दा रोक्ने रवैया नदेखाउन सांसद ढकालले आग्रह गरे।

 

प्रतिक्रिया