सभामुखले हरि ढकाललाई बोल्दाबोल्दै रोकेपछि प्रतिपक्षीको बिरोध

काठमाडौँ । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा सभामुख देवराज घिमिरेले बिचमै रोकेका छन् ।  सांसद ढकालले आफ्नो कुरा राखेर विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले रोकेका थिए ।सभामुखले रोकेसंगै संसलमा प्रतिपक्षी दलहरुले बिरोध जनाएका छन् ।  सभामुखले ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना कुरा विशेष समयमा राखेका थिए ।उनले भ्रष्टाचारको विषय आकस्मिक हुने भन्दै विद्युत्बारे धारणा राख्न थाले । सभामुखले उनलाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर विरोध गरेका थिए । 
विवादपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेले ढकाललाई नै बोल्ने समय भएकाले उनलाई नै दिनुपर्ने माग गरेका छन् । 

सभामुखले  ढकाललाई आकस्मिक समयमा बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले केही बेर संसद् अवरोध गरेका छन् ।

प्रतिक्रिया