सिफारिस १८ देशका राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी दिन आह्वान गरेको छ।  आज बसेको समितिको बैठकले १० दिनको समय राखेर उजुरी दिन आह्वान गरेको हो ।  
 परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो । 

प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो। त्यसैको आधारमा आज बसेको सुनुवाइ समितिको बैठकले सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी दिन आह्वान गरेको हो ।  

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

प्रतिक्रिया