मधेस मुख्यमन्त्री सिंहले हटाए आठै जना राज्यमन्त्री

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। जम्बो मन्त्रीमण्डल विस्तार गरेको भन्दै चारैतिर आलोचना हुन थालेपछि मुख्यमन्त्री सिंहले ८ जना राज्यमन्त्रीलाईनै हटाउने निर्णय गरेका हुन् । 

हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई  पत्र पठाइसकिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएका हुन्  ।

प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया