भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य नहुने रास्वपाको निर्णय

प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्ने निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचार मुद्दामा सरकारले अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्न खोजेको कानूनी प्रबन्धको विरोध जनाएको छ। मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।  
विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा भ्रष्टाचारमा हदम्याद राख्ने स्वीकार्य नहुने बैठकको निष्कर्ष रहेको छ ।  

बैठकले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्ने निष्कर्ष सहित संसदमा आवाज उठाउने निर्णय गरेको छ । बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक अघि बढाउने निर्णय पनि गरेको छ । 

प्रतिनिधिसभामा पेश हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयकको रास्वपाले समर्थन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया