सुनको मूल्यमा कीर्तिमान, तोलाकै डेढ लाख बढी

काठमाडौं ।  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा मंगलबारको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य मंगलबार  प्रतितोला १ लाख ५० हजार ८ सय कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन १ लाख ४८ हजार ७ सय  मा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्यभने स्थिर छ ।  मंगलबार  प्रतितोला चाँदी १ हजार सात सय ४० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

प्रतिक्रिया