सर्लाहीमा १० हजार बढी बिगाहा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा

सर्लाही । सर्लाहीमा भूमाफियाहरुले १० हजार बिगाहाभन्दा बढी सार्वजनिक जग्गा हडपेका छन् । भूमाफीहरुले आर्थिक चलखेल गरेर १५ वर्षको अवधिमा १० हजार बिगाहाभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गरी कब्जा गरेको खुलेको छ । सर्लाहीमा आर्थिक वर्ष २०६५÷६६ मा ११ हजारभन्दा बढी सार्वजनिक जग्गा रहेकोमा २०८१ सालसम्म आइपुग्दा ५ सय विगहा पनि बाँकी छैन । सरकारी तथ्यांक अनुसार सर्लाही जिल्लाका हजारौं बिगहा सरकारी जग्गा भुमाफियाहरुले अतिक्रमण गरि कब्जा गरेका छन् । 
सबैभन्दा धेरै बरहथवा नगरपालिकामा १३ सय ६२ बिगहा सरकारी जग्गा भुमाफियाहरुले कब्जामा लिएका छन् । बरहथवा पछि लालबन्दी नगरपालिकामा ११ सय ८१ बिगहा, हरिवन नगरपालिकामा १ हजार २१ बिगहा जग्गा व्यक्तिले कब्जा गरेका छन् । 
गृहमन्त्रालयले सार्वजनिक सरकारी जग्गाको अभिलेखीकरण गर्न पत्रचार गरेपछि जिल्ला प्रशासन तथा पालिकाहरुले सरकारी जग्गाहरुको खोज, तलास गर्न शुरु गरेका हुन् ।   
भुमाफियाहरुले आर्थिक चलखेल गरि सरकारी जग्गाको आफनो नाममा लालपुर्जा बनाएर बैकबाट ऋण लिएर व्यापार व्यवसाय संचालन गरिरहेको जानकारहरु बताउँछन् । 

प्रतिक्रिया