सिमलताल पहिरोको मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि कागजात पेस गर्न अनुरोध

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत अनुरोध गरेको हो । असार ३१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पार्न नसकेको यकिन भएमा विपद्रुबाट पीडित व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आवश्यक प्रक्रियाअघि बढाएको कार्यालयले जनाएको छ । एञ्जल बसमा पर्सा जिल्लाका चार पालिकाका १० जना परेका थिए। जसमा वीरगञ्ज महानगरपालिका, बहुदरमाई, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिका रहेका छन् । असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै भेलबाढीले बगाएर त्रिशूलीमा हराइरहेको छ। हराइरहेका २४ व्यक्तिको शव भेटिए पनि ३८ जना अझै बेपत्ता छन् ।। 

प्रतिक्रिया