सिफारिस गरिएका १७ देशका राजदूतका सुनुवाई आजदेखि

काठमाडौ । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १७ देशका राजदूतको आजदेखि सुनुवाई सुरु हुने भएको छ । हालै ओली सरकारले सिफारिस गरेका १७ देशका राजदूतको सुनुवाइ प्रक्रिया देखि सुरु हुन लागेको हो  । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको हो । सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ विशेष समितिको बैठक दिउसो साढे बा¥ह बजेका लागि बोलाइएको छ । प्रारम्भिक बैठकबाट प्रस्तावित पदाधिकारी उपर सरोकारवाला तथा सर्वसाधारणबाट उजुरी आह्वान समितिवाट हुने छ ।  उजुरीको समयसीमा सकिएपछि समितिले उजुरीकर्तासँग पहिले छलफल गर्ने छरु। त्यसपछि प्रस्तावित पदाधिकारीको सुनुवाइ गर्ने छ । उजुरी नपरेको अवस्थामा सिधै प्रस्तावित पदाधिकारीलाई सुनुवाइमा बोलाइने छ । मन्त्रीपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ । अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन । परराष्ट्र मन्त्रालयले आइतबार १७ जनाको नाम सुनुवाइका लागि पठाएको छरु। मन्त्रीपरिषद्ले यसअघि भारतबाट फिर्ता बोलाइएका राजदूत डा. शङ्करप्रसाद शर्मालाई पुनः भारतमै सिफारिस गरेको थियो । शर्माको पनि संसदीय सुनुवाइका लागि नाम पठाइएको छरु। यस्तै नरेशविक्रम ढकाल साउदी अरब, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्रा. धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का, सनिल नेपाल स्पेन, शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे बेलायत, डा. शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका छन ।  जङ्गबहादुर चौहान रुस, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पौडेल पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरिएको छरु। 
 

प्रतिक्रिया