इजरायल र इरानबीच बढ्दो तनावकाबीच अमेरिकाले मध्यपूर्वमा पठायो गाईडेड मिसाइल पनडुब्बी

एजेन्सी । इजरायल र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा गाईडेड मिसाइल पनडुब्बी पठाएको छ । 

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विमानवाहक युएसएस अब्राहम लिंकनलाई पनि चाँडै यस क्षेत्रमा पुग्ने बताएका छन् । हमास र हिजबुल्लाहका केही ठूला नेता मारिएपछि इजरायल र इरानबीच तनाव बढेको बेला अमेरिकाले पछिल्लो सतकर्ता अपनाएको हो ।

इरानले हमास नेता इस्माइल हनियाको हत्याको बदला घोषणा गरेको थियो । हिजबुल्लाहले केही इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाउन सक्ने बताइएको छ । हानियाको मृत्युपछि बढेको तनावलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा पनडुब्बी पठाउने निर्णय गरेको हो ।  

अमेरिका यस्तो कुनै पनि आक्रमणबाट इजरायललाई बचाउने प्रयासमा रहेको छ । 

प्रतिक्रिया