डोनाल्ड ट्रम्प र एलन मस्कद्वारा अमेरिकाको दक्षिणी सीमा व्यवस्थापनको आलोचना

एजेन्सी । आसन्न अमेरिकी निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्प र सामाजिक प्लेटफर्म एक्सका मालिक एलन मस्कले अमेरिकाको दक्षिणी सीमा व्यवस्थापनको आलोचना गरेका छन् । 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कले मंगलबार बिहान एक्सको स्पेश कुराकानीको क्रममा अमेरिकन अध्यागमनको बारेमा लामो छलफल गर्ने क्रममा अबैध आप्रवासनका बारेमा चर्चा गरेका हुन् । 

मस्कले अमेरिकाले अवैध आप्रवासलाई सीमित गर्न आवश्यक रहेकोमा जोड दिएका हुन । ट्रम्पले आफ्नो पुर्ववत दाबी दोर्‍याउदै अपराधीहरु अमेरिका छिर्ने गरेको बताए । राष्ट्रपति जो बाइडेनको ‘सीमा रक्षक नियुक्त’ गरेको भन्ने दाबी झूटो भएको उल्लेख गर्दै उनले सीमाका मुद्दाहरूको लागि उपराष्ट्रपति कमला ह्यारिसलाई पनि दोष दिएका छन्  । 

२०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई यस प्लेटफर्मबाट दुई वर्षका लागि प्रतिबन्ध लगाइएपछि ट्रम्प टविटरमा फर्केका हुन् । 

प्रतिक्रिया