दोस्रो सन्तानको बुबाआमा बने सुदर्शन र सुप्रिया
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवाल दोस्रो सन्तानको बुबाआमा बनेका छन् ।
सोमबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा सुप्रियाले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । सुदर्शनले सामाजिक सञ्जाल फेसबुक मार्फत आमा र छोरीको एक तस्विर सार्वजनिक गर्दै आफू पिता बनेको बताएका हुन् ।
साथै, उनले छोरीको नाम ‘प्रियांशी’ राखेको समेत जानकारी गराएका छन् । सुदर्शन र सुप्रियालाई पहिलो सन्तानको रुपमा २०७९ साल फागुनमा पुत्र लाभ भएको थियो । उनीहरुले २०७८ सालको असोजमा विवाह गरेका थिए ।
प्रतिक्रिया