एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइज युनाइटेडले आज भूटानको पारो एफसीको सामना गर्दै
काठमाडौं । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले मंगलबार एएफसी च्यालेन्ज लिग प्लेअफमा भूटानको पारो एफसीको सामना गर्दैछ ।
दुई टोलीबिचको खेल मंगलबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेकाले आज हुने खेलमा प्रभाव ल्याउने विश्वास चर्च ब्वाइजको छ ।
पारोका प्रशिक्षक र कप्तानले भने पछिल्लो पटक नेपाल भ्रमण सुखद् नरहे पनि यस पटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् । राम्रो तयारी र बलियो टोलीसहित आएपनि खराब मैदानका कारण चुनौती बन्नसक्ने चिन्ता पारोमा छ ।
पारो भने दोस्रोल्पट नेपाल आएको हो। अघिल्लो वर्ष पारो पहिलो राउन्डमा मच्छिन्द्र फुटबल क्लबलसँग ३-२ गोल अन्तरले पराजित भएको थियो।
लिगमा पारो शिर्ष स्थानमा छ । साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्राउँदै थप बलियो बनाएको छ । तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होण्डापनि उसको टिममा रहेका छन् । पारो प्ले अफ खेल्न गत शनिबार नेपाल आइपुगेको हो ।
च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।
प्रतिक्रिया