आज रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ । 

बैठक बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक आह्वान गरिएको हो । प्रतिनिधिसभाको बैठक बस्नुअघि रास्वपाको बैठक बिहान साढे १० बजे बस्न लागेको हो ।

प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने बताइएको छ । बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकसम्बन्धी छलफल हुने साथै प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने जनाइएको छ ।

प्रतिक्रिया