काठमाडौं आइपुगे एमसीसीका सेक्टर अपरेसन प्रबन्ध निर्देशक मिचेल

काठमाडौँ ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सेक्टर अपरेसन हेर्ने प्रबन्ध निर्देशक केभिन मिचेल सोमबार साताव्यापी  भ्रमणमा नेपाल आएका छन् ।  
एमसीसी–नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलाई समर्थन गर्न एमसीए नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेट्न उनी नेपाल आएको अमेरिकी दूतावासले जनाएको छ ।

केभिनसँग वित्तीय व्यवस्थापन, योजना, विश्लेषण र रिपोर्टिङमा ३० वर्षभन्दा लामो समय विश्वका ६० भन्दा बढी देशमा काम गरेको अनुभव छ । साथै, उनले पछिल्लो १५ वर्ष एमसीसीमा काम गरिरहेका छन् ।

अमेरिकी अनुदान सहयोगमा नेपालमा ५०० मिलियन अमेरिकी डलर धनराशि खर्चेर सडक पूर्वाधार र ऊर्जा पूर्वाधार निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया