हिमानी ट्रष्ट लगायतका संस्थाको आयोजनामा बृक्षारोपण

काठमाडौं । हिमानी ट्रष्ट, लायन्स क्लब  र पशुपति विकास कोषको संयुक्त आयोजनामा सोमबार काठमाडौंको बनकालीमा बृक्षारोपण गरिएको छ । 

वातावरणलाई हरियाली र स्वस्थ बनाउन सो क्षेत्रमा बृक्षारोपण गरिएको आयोजकले जनाएका छन् । 


श्रावण महिनाको अन्तिम सोमबारको शुभ अवसर पारेर गरिएको बृक्षारोपण कार्यक्रममा पूर्व अधिराजकुमारी दिलाशा राज्यलक्ष्मीदेवी शाह(राणा)को पनि उपस्थिति रहेको थियो ।

बृक्षारोपणको कार्यक्रमले वातावरण संरक्षणको सन्देश फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने ट्रष्टले जनाएको छ । 
 

प्रतिक्रिया