मिडियामा लगानीको स्रोत खुलाउनुपर्ने प्रावधान यथावत राख्ने विधायन समितिको निर्णय

काठमाडौँ ।  मिडिया काउन्सिल विधेयकमा लगानीको स्रोत खुलाउनु पर्ने प्रस्तावित प्रावधानलाई जस्ताको त्यस्तै  राखिने भएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमबार मिडियाका लगानीकर्ताले आफ्नो स्रोत र अन्त गरेको लगानीका बारेमा जानकारी दिनुपर्ने विधेयकको प्रावधान राख्ने निर्णय गरेको हो।

विधेयकको दफा १८ मा भएको प्रावधानलाई नितरन्तरता दिने सहमति समितिले गरेको सभापति जयन्तीदेवि राईले जानकारी दिइन्। दफा १८ ९१० मा भनिएको छ, ‘सञ्चार संस्थाको अध्यक्ष र सञ्चालकले आफ्नो लगानी भएको व्यवसाय लगानीको क्षेत्र र स्रोतको बारेमा काउन्सिललाई तोकिए बमोजिम जानकारी गराउनुपर्नेछ।’

मिडियामा भएको लगानी अपपारदर्शी भएको भन्दै तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले विधेयक ल्याउँदा स्रोत खुलाउनुपर्ने अन्य क्षेत्रमा गरेको लगानीका बारेमा समेत काउन्सिलमा जानकारी गराउनुपर्ने प्रस्ताव गरेकी थिइन्।

यदि सञ्चार माध्यमले प्रकाशन गरेको सामाग्री सञ्चालकको अर्को लगानी क्षेत्रसँग सम्बन्धित भएमा त्यसबारेमा पाठक स्रोता र दर्शकलाई जानकारी दिनुपर्ने प्रावधानलाई पनि समितिले निरन्तरता दिएको छ। समितिले अंग्रेजी शब्द ‘डिस्क्लेमर’ हटाएर दफा १८, ९२० मा भएको प्रावधानलाई जस्ताको त्यस्तै अघि बढाउने भएको हो।


 

प्रतिक्रिया