पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न सञ्चारमन्त्रीको जोड

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् । 
मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०र८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विषयगत मन्त्रालयको पुँजीगत खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको बताए । उनले विकासका अवरोधका रूपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गरे । 

 मन्त्रालयले डिजिटल नेपाल बनाउने, स्याटलाइट र सुरक्षण मुद्रण केन्द्र ९प्रिन्टिङ प्रेस० आफ्नै बनाउने उनले बताए । आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नुले पनि कार्यप्रगतिमा अवरोध भएको उनको भनाइ थियो । सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालयअन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग मन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए ।

गोरखापत्र स‌स्थान, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाललगायत संस्थानका आफ्नै चलअचल सम्पत्तिको संरक्षण र परिचालन गर्न उनले निर्देशन दिए । उनले राष्ट्र गौरवका योजनाहरूमध्ये ‘डिजिटल नेपाल’, ‘स्याटलाइट’ र ‘सुरक्षण मुद्रण केन्द्र’ पनि हुनुपर्ने जिकिर गरे ।

मन्त्रालयले यिनै मुख्य तीन विषयलाई समेटेर ‘हिरो मिसन’ का रूपमा लिएको मन्त्री गुरुङले जानकारी दिए । 

प्रतिक्रिया