युनिलिभरको नाफा एक अर्ब ९७ करोड पुग्यो

काठमाडौं । युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड पुगेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले एक अर्ब ८३ करोड रूपैयाँ कमाएको थियो। अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष कम्पनीको नाफा ७.६२ प्रतिशतले बढेको हो। 
कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २१४४ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको आम्दानी समान्य घटे पनि प्रशासनिक लगायतका खर्च कटाउन सक्दा नाफामा सुधार भएको हो। कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर दुई हजार एक सय ४४ रूपैयाँ पुगेको छ।

प्रतिक्रिया