म्यान्मारका  घाइते रोहिंग्या बंगलादेश पसे

एजेन्सी । म्यमन्मारको पश्चिमी रखाइन राज्यमा आइतबार ड्रोन आक्रमणमा २ सयजना भन्दा बढी रोहिग्या समुदायका मानिसहरु मारिएका छन् । 

ड्रोन आक्रमणबारे सरकारी सेना र रखाइन प्रान्तको  बिद्रोही आराकान आर्मी (एए) ले एक अर्कालाई आरोप लगाएका छन् । 

म्यानमारबाट भागेर बंगलादेश जान लागेका मुस्लिम समुदायका ती रोहिंग्याहरूमाथि ड्रोन आक्रमण भएको हो । ड्रोन आक्रमणमा मारिनेहरुमा धेरैजसो महिला,गर्भती र बालबालिका भएको जनाइएको छ । आक्रमणमा कैयन घाइते भएका छन् । ती घाइतेहरु बंगलादेश प्रवेश गरेका बताइएको छ । मुस्लिम रोहिंग्याहरू लामो समयदेखि रखाइनमा भेदभाव र जातीय हिंसाको निशाना बनेका बताइएको छ ।

बंगलादेश म्यानमारका मुस्लिम समुदायका लागि  सुरक्षित ठाउँ बन्दै गएको छ । म्यान्मारको सेनाले राहिंग्यामाथि ज्यादती गरेको समाचारमा जनाइएको छ । म्यान्मारमा ९० प्रतिशत बौद्ध धर्म मान्नेहरु रहेका छन् । म्यान्मारमा सन् २०२१ यता सैनिकले शासन सत्ता हातमा लिएको छ । 
 

प्रतिक्रिया