निर्माण व्यवसायी र ईफाप्काका महासचिव एजी मेङ्गबिच भेटवार्ता

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता संगठन ईफाप्काका महासचिव एनजी एक मेङ्गसँग भेटवार्ता गरेको छ । ईफाप्का सदस्य राष्ट्रका समस्यालाई सम्बोधन र सम्बन्ध बिस्तार गर्नका लागि पाँच दिने नेपाल भ्रमणमा आएका महासचिवलाई महासंघले स्वागत गरेको हो । महासचिवसँगको भेटपछि महासंघका अध्यक्ष रवि सिंहले महासचिवसँग सिंगापुरको विकासको प्रविधि साटासाट गर्ने विषयमा छलफल भएको जानकारी दिए । 
अध्यक्ष सिंहले नेपालको श्रम शक्तिलाई सिंगापुरमा सीप सिक्नको लागि पठाउने र नेपाल सिंगापुरको निर्माण क्षेत्रसँग सहकार्य गर्न प्रश्ताव गरिएको ताए । उनले महासचिवले महासंघको प्रश्तावलाई स्वीकार गरेको पनि बबताए । सो क्रममा नेपालमा निर्माण श्रमिकलाई तालिम केन्द्र स्थापना गरी सिंगापुरमा श्रमिक पठाउने विषयमा छलफल भएको छ । ईफाप्काका महासचिव मेङ्गले नेपाल निर्माण व्यवसायी महासंघ ईफाप्काको महत्वपूर्ण सदस्य भएको जानकारी दिए । नेपाल अल्पविकसित मुलुक भएकाले निर्माण क्षेत्र सुधार नयाँ प्रविधिको माध्यमबाट गर्न आवश्यक रहेको उनको भनाइ छ । 

प्रतिक्रिया