झापा र तनहुँमा दुई जना डेंगु संक्रमितकोे मृत्यु
काठमाडौ । झापा र तनहुँमा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगु संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो । पछिल्लो पटक संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको हो । त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनिसंक्रमणबाट मृत्यु भएको थियो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ र काठमाडौँ उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगु संक्रमण देखिएको छ । गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया