धार्मिक पदयात्रामा सहभागी भए राप्रपा अध्यक्ष लिङदेन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन धार्मिक पदयात्रामा सहभागी भएका छन् । सोमबार विश्व हिन्दु महासंघ नेपाल कास्कीको आयोजनामा शुक्लागण्डकी गाइघाटदेखि केदारेश्वर मन्दिरसम्मको धार्मिक पदयात्रा अध्यक्ष लिङदेन सहभागी भएका हुन् ।  सोमबार नै काठमाडौंबाट पोखरा ओर्लिएका उनी महेन्द्रपुलमा धार्मिक  पदयात्रामा सामेल भएर केदारेश्वर मन्दिरसम्म पुगेका हुन्।

धार्मिक पदयात्रामा पञ्चेबाजा, भजनकिर्तनसहित हिन्दु राज्यको माग गर्दै नारा लगाइएको छ । ‘जय जय गोरख, जय जय काली, हिन्दु राज्य यसैपाली’, ‘हाम्रो धर्म संस्कृति प्राण भन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ ? हिन्दु राष्ट्र ले भन्छ,’लगायतका नारा लगाएका थिए।

पोखरामा साउनको हरेक सोमबार शुक्लागण्डकी गाइघाटदेखि केदारेश्वर मन्दिरसम्म बोलबम यात्रा निकाल्ने गरिन्छ। गाइघाटमा सेती नदीको जल लिएर केदारेश्वरमा अर्पण गर्ने प्रचलन छ।

 

प्रतिक्रिया