युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रको तीस किलोमिटर भित्रसम्म प्रवेश

शान्तिपूर्ण जनतालाई युक्रेनले डराउने प्रयास गरेको रुसको प्रतिक्रिया

एजेन्सी । युक्रेनी सेनाहरु रुसको पश्चिमी कुर्स्क क्षेत्रको करिब ३० किलोमिटर भित्रसम्म पसेका छन । आइतबार युक्रेनी सेना कुर्स्क क्षेत्रको करिब १० किलोमिटर भित्र पसेर आक्रमण गरेकोमा आज ३० किलोमिटर भित्र पसेर आक्रमण थालेका हुन । रुसले टोलपिनो र ओब्ची कोलोदेज गाउँ नजिकै युक्रेनी सेनासँग भिडन्त भएको पुष्टि गरेको छ । सो क्षेत्र जुन युक्रेनी सीमा भन्दा करिब ३० किलोमिटर टाढा  पर्दछ । रूसको शान्तिपूर्ण जनतालाई युक्रेनी सेनाले डराउने प्रयास गरिरहेको रुसले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले किभमा सम्बोधन गर्दै रुसी आक्रमणको जवाफमा आफूहरुले आक्रमण गरेको र सो आक्रमण उचित रहेको दाबी गरेका छन । युक्रेनले गतसातादेखि कुर्स्क क्षेत्रभित्र पसेर आक्रमण थालेको हो । युक्रेनी आक्रमणपछि कुर्स्कको सीमावर्ती क्षेत्रबाट ७६ हजार मानिसलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको रुसले जनाएको छ । फेब्रुरी २०२२ मा मस्कोले युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु गरेपछि पहिलो पटक युक्रेनी सेना रुसी सीमामा प्रवेश गरेका हुन । आक्रमणमा युक्रेनी सेनाले १८ वटा रूसी जहाजमाथि आक्रमण गरेको र मागुरा भी–५ सहित नौ वटा जहाज नष्ट गरेको दाबी गरेको छ । 

प्रतिक्रिया