रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक साउन २९ गते मङ्गलवार बिहान बस्ने गरी बैठक बोलाइएको छ ।  बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । 
बैठकमा समसामयिक, राजनीतिक घटनाक्रम लगायत प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकका सम्बन्धमा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध एजेन्डा छन् ।

प्रतिक्रिया