ग्रीसमा डढेलोका कारण हजारौं मानिसलाई घरबाट बाहिर निकालियो

एजेन्सी । ग्रीसको  एथेन्स शहरको  उत्तरमा फैलिएको डढेलोका कारण हजारौं बासिन्दालाई आफ्नो घरबाट बाहिर निकालिएको छ । 

बीबीसीका अनुसार  आगोको ज्वाला २५ मिटर (८० फिट) सम्म फैलिएको छ ।  अग्नी नियन्त्रकहरुका अनुसार डलेलोका कारण वर्णवास शहरका घरहरू जलिरहेका छन् ।  उनीहरुले आगोको ज्वालामा फसेका २० देखि २५ वटा सवारी साधन र  मानिसहरूलाई पनि बाहिर निकालेका जनाइएको छ । ग्रीसमा शनिबार अपरान्हदेखि अहिलेसम्म ४० वटा डढेलो लागेको छ ।

आगो निभाउन ५०सय  भन्दा बढी अग्निनियन्त्रक र १५० भन्दा बढी सवारी साधन परिचालन गरिएको छ ।
 

प्रतिक्रिया