तीन वर्षपछि नेप्से परिसूचक उच्च बिन्दुमा

काठमाडौं। साताको दोस्रो दिन  सेयर बजार परिसूचक नेप्से २९ सय अंकमा उक्लिएको छ ।

 सोमबार दिउँसो साढे १ बजेसम्म नेप्से सूचक ४६.३६ अंकले बढेर २९०७.२१ विन्दुमा उक्लिएको हो । कोरोना कालपछिको यो हालसम्मकै उच्च बिन्दु हो । 

सेयर बजार खुलेको आधा घन्टामै  ५अर्ब माथिको कारोबार भएको थियो ।  अघिल्लो दिन आइतबार  नेप्से सूचक ९४ अंकले बढेको थियो भने २५ अर्बको सर्वाधिक कारोबार भएको थियो । 


 

प्रतिक्रिया