सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

धनगढी ।  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् । मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

साउन २० गते मुख्यमन्त्री नियूक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् ।बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिदा दुई तिहाइ नजिक पुग्ने छ ।

तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।

प्रतिक्रिया