कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा आज पनि प्रस्तुत भएका ११ वटा विभिन्न एजेण्डामाथि नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।

आज सबै नेताहरुको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया