३३ औँ पेरिस ओलम्पिकको भब्य समापन, १२६ पदकसहित अमेरिका पहिलो स्थानमा

एजेन्सी ।  ३३ औँ पेरिस ओलम्पिकको भब्य समापन भएको छ । खेल, स्क्रिन र संगीतका साथ फ्रान्सले ओलम्पिकको भब्य समापन गरेको हो । 

समापन समारोहमा सन् २०२८ मा ओलम्पिक हुने शहर लस एन्जलसलाई अभिनेता टम क्रूजद्वारा ओलम्पिक झन्डा हस्तान्तरण गरिएको छ । समापनमा हेट हट चिल्ली पेप्पर, बिली आइलिस, स्नुप डाग र डा ड्रले पेरिसको वेनिसमा भव्य सांगितिक प्रस्तुती दिएका छन् । 

यस भव्य समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस वाचले ओलम्पिक खेलका बारेमा आफ्नो धारणा राखेका थिए । समापनमा पेरिसको रंगशालाभित्र, स्वर्ण पदक विजेता एलेक्स यी र ब्रायोनी पेजले समारोहमा बेलायतको झण्डा बोकेका थिए । ओलम्पिकमा ४० स्वर्ण, ४४ कास्य र ४२ रजतसहित अमेरिका १२६ पदक जितेर पहिलो स्थानमा रहन सफल भयो । 

 चीनले ४० स्वर्ण, २७ कास्य र २४ रजतसहित ९१ पदक जितेर दोस्रो स्थान हात पार्‍यो  । यस ओलम्पिकमा बेलायतले १४ स्वर्ण, २२ कास्य र २९ रजतसहित ६५ पदक जितेर तेस्रो स्थानमा रह्यो भने आयोजक फ्रान्सले १६ स्वर्ण, २६ कास्य र २२ रजतसहित ६४ पदक जितेर चौथो स्थान प्राप्त गर्‍यो  । यही वर्षको अगस्ट २८ देखि सेप्टेम्बरसम्म फ्रान्सको राधानी पेरिसमा प्यारा ओलम्पिक खेल हुनेछ ।

प्रतिक्रिया