अस्ट्रेलियाको एक होटेलमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ ।

आइतबार राती स्थानीय समय अनुसार लगभग १ बजेर ५० मिनेट जादाँ  हिल्टन होटलको डबलट्रीमा विमानले ठक्कर दिएपनि  पाइलटको मृत्यु भएको हो । त्यसपछि होटलमा आगलागी  भएपछि होटलभित्र रहेका  सयौं पाहुनाहरूलाई बाहिर निकालिएको थियो। होटलका दुई पाहुनालाई भने अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । 

हेलिकप्टरमा सवार एक मात्र व्यक्तिको घटनास्थलमा मृत्यु भएको र होटलका दुई अतिथिहरू ८० वर्षको एक पुरुष र  ७० वर्षको एक महिलालाई  अस्पताल लगिएको  सरकारी अधिकारीहरुले बताएका छन् । 

वीवीसीका अनुसार क्वीन्सल्याण्ड पुलिस र एभिएसन सेफ्टी वाचडगले दुर्घटनाको परिस्थितिको अनुसन्धान गरिरहेको र  हेलिकप्टर चार्टर गर्ने कम्पनीले यो ‘अनधिकृत’उडानमा रहेको बताएको छ । केर्न्सको मुख्य एस्प्लेनेडमा रहेको होटेलमा बसेकी अमान्डा केले वर्षाको मौसममा हेलिकप्टर बत्तीबिना कम उचाइमा उडिरहेको देखेको बताएकी छन् । 

प्रतिक्रिया