अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि: डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । विश्वभर अगस्त १२ तारिख अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । नेपालसँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।
दिवसका लागि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको संयोजकत्वमा दिवस मनाउनका लागि मूल समारोह समिति समेत गठन भएको छ । सरकारले यसरी वर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न थाल्यो । तर, दिवस एक दिन मनाउनमा मात्र केन्द्रित भएको युवाहरुको भनाइ छ ।
युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको उनीहरुको गुनासो छ । अहिले युवाको मुख्य समस्या वेरोजगार रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६–४० वर्षको युवा जनसङ्ख्या ४२ दशमलब ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १ सय ७३ रहेको छ ।
प्रतिक्रिया