माओवादी बैठकमा स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा जोड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् ।  पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी समिति बैठकका धारणा राख्ने सदस्यले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । 
 
उनीहरुले  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले थालेका सुशासन र समृद्धिका अभियानबाट वर्तमान सरकारलाई पछि हट्न नदिन खबरदारी गर्नुपर्ने धारणा राखेका  उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
आजको बैठकमा १४ जना सदस्यले धारणा राखेका थिए । यसरी  बैठकमा कमला रोका, पम्फा भसाल, उर्मिला अर्याल, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णाकुमारी सुवेदी, कालीबहादुर मल्ल, महेश्वर गहतराज, प्रह्लाद बुढाथोकी, हकीकुल्ला खाँ, जयपुरी घर्ती र जोखमबहादुर महराले धारणा राखेका थिए । बैठक भोलि पनि बस्ने माओवादीले जनाएको छ । 

प्रतिक्रिया