कांग्रेस बैठक भोलि  सोमबार पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि  सोमबार पनि जारी रहने भएको छ ।

यही साउन २३ गतेबाट शूरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा प्रस्तावित बिभिन्न विषयबस्तुहरुमाथि धारणा राख्नेक्रम जारी रहेकाले बैठक भोलिपनि बस्ने कांग्रेस केन्द्ीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी सभापति शेरबहादुर देउवाको बसिरहेको हो ।

आइतबारको  बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे,अर्जुननरसिंह केसी,  डा नारायण खड्का, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुंगाना, दिलमान कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा,  पाख्रिन, राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, गोविन्दराज पोखरेल, सुशीला थिङ सुशिला मिश्र भट्ट, नागिना यादव, अजयवावु शिवाकोटी, भीम पराजुली, , सीताकुमारी राना, सुशीला ढकाल, विद्यादेवी तिमिल्सीना र शान्ति परियार  लगायतले आ–आफ्नो धारणा राखेका थिए । बैठक भोलि बिहान ११ बजे बस्नेछ ।  

प्रतिक्रिया