भारतीय विदेश सचिव मिस्रीद्धारा प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता

द्विपक्षीय हित र सम्बन्धका विषयमा कुराकानी

काठमाडौ । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर ओलीसँग र शीतलनिवास पुगेर पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा  द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ । विदेश सचिव मिस्रीको भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भेटघाटको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने बताइएको छ । भारत सरकारको सहयोगमा नेपालमा ठुला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न हुनुका साथै नयाँ परियोजनाहरू अघि बढिरहेको भन्दै भारतीय विदेश मन्त्रालयले यसबाट पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको पनि दाबी गरेको छरु। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया