विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी
मोरङ । विराटनगरमा रहेको लाइफगार्ड अस्पतालमा आगलागी भएको छ ।
प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार आगलागी भएको हो ।आईसीयूमा बिरामी भने थिएनन् ।
आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका अन्य पालिकाबाट दमकल परिचालन गरिएको छ ।
अस्पताल स्रोतका अनुसार आइतबार दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको थियो ।
प्रतिक्रिया