पेरिस ओलम्पिक महिला म्याराथनको स्वर्ण नेदरल्यान्ड्सकी सिफानलाई

नेपालकी सन्तोषी  ७९ औं स्थानमा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहेर दौड पूरा गरेकी छन् । पहिलो पटक ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाएकी उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन् । राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेपनि सन्तोषी त्यसमा सफल भइनन् । उनले जनवरीमा ढाकामा भएको बंगबन्धु म्याराथनमा २ घण्टा ४६ मि

नेट २२ सेकेन्डको कीर्तिमानी समयमा स्वर्ण जितेकी थिइन् । सन्तोषीले म्याराथन दौड भने पूरा गरिन् । यस इभेन्टमा ११ खेलाडीले म्याराथन बीचमै त्यागेका थिए । यस विधामा नेदरल्याण्ड्सकी सिफान हसनले २ घण्टा २२ मिनेट ५५ सेकेण्डको ओलम्पिक कीर्तिमानी समय निकाल्दै म्याराथनमा स्वर्ण जितिन् । इथियोपियाकी टिग्स्ट हसफाले २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् भने केन्याकी हेलेन ओबिरीले २ घण्टा २३ मिनेट १० सेकेण्ड समय निकाल्दै कांस्य जितिन् ।

 

   नेपालकी सन्तोषी श्रेष्ठ

 

 

 

 

प्रतिक्रिया